असार १३, सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा हिमाली जिल्ला सोलुखुम्बुमा २२ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन । साधार तर्फ १७ जना र प्राविधिक धार तर्फका ५ जना विद्यार्थीले जिल्ला भरबाट एप्लस ग्रेड प्राप्त गरेका हुन ।
विहीबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार जिल्लाका कुल जम्मा १६ सय ६५ विद्यार्थी परीक्षामा सामेल भएकोमा १४ सय ४८ विद्यार्थी उत्तीर्ण भएका छन भने बाँकी २ सय १७ जना फेल अर्थात नन् ग्रेडेड बनेका हुन ।
शिक्षा विकास तथा सामान्य इकाई सोलुखुम्बुका प्राविधिक सहायक प्रकाण्ड न्यौपानेका अनुसार साधारण धारतर्फ १७ जना र प्राविधक धार तर्फ ५ जनाले ए प्लस , ए ग्रेड ल्याउने विद्यार्थी साधारण तर्फ ३ सय ४० र प्राविधक तर्फ ४५ जना, बि प्लस ल्याउने साधारण धार तर्फ ६ सय ५३ जना र प्राविधक धार तर्फ ४६ जना, यस्तै बि ग्रेड ल्याउने विद्यार्थी साधारण तर्फ ३ स २३ र प्राविधक तर्फ १ जना, सि प्लस ल्याउने विद्यार्थी १७ जना छन् ।
Discussion about this post