असार १४, साेलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ४ स्थित नाम्लुङ वास्दोवामा बस्तीमा पहिरो खसेको छ । अबिरल वर्षाका कारण शुक्रबार बिहान बस्ती भन्दा करिव ४०० मिटर माथिबाट पहिरो खसेको कारण ४ घर जोखिममा रहेको स्थानीय सुकविर राईले जानकारी दिनुभयाे ।
संरक्षित गुठी क्षेत्र(रानी वन ) बिच भाग बाट पहिरो खसेको हो । सो पहिरोबाट ठूलो रुपमा क्षति नभए पनि करिब १५ मिटर घर माथी आईसकेको छ । उक्त पहिराेकाे कारण एक गोठको त्रिपाल, चित्रा लगायत सामान्य क्षति भएको छ भने गोरु डोरी छिनाई भागेको थियो ।
गोर्खा वेल्फेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित खानेपानीको DC 2 को बार लगाएको पिलर सहित घेराबार लगाएको ठाउँ र जग पनि क्षति पुर्याएको बताएइएको छ । सो क्षेत्रको वडा प्रतिनिधि लगायतको परिक्षण बाट तत्काल ठूलो रुपमा आउन सक्ने संभावनाको अनुमान गरिएकाे छ । त्यसैले त्यस भेगका सबै नागरीकहरुलाई सतर्क रहन तथा त्यस स्थान वरपर आफ्नो बाल बच्चा नछोड्न अनुरोध सहित सर्तकता अपनाउन पनि अनुरोध गरिएको छ ।
Discussion about this post