असार १६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चन माझ खर्कमा पहिरोमा परि गाई मरेको छ । शनिवार राती स्थानीय जनक सार्कीको घर नजिकै गोठमा बाँधेको गर्भवती गाई पहिरोमा परि मरेको हो । अबिरल वर्षपछिको पहिरोले अन्य पशु चौपाया समेत घाइते भएको बताइएको छ । यसैवीच सोही पहिरोका कारण ३ घर जोखिममा परेका छन । स्थानीय भुवन सार्की, वल बहादुर बानियाँ र जनक सार्कीको घर पहिरोको जोखिममा परेका छन । पहिरोका कारण घर जोखिममा परेसँगै उनिहरुलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको पञ्चनका वडा सदस्य टिका राईले बताउनुभयो ।
Discussion about this post