असार १९, सोलुखुम्बु । जलश्रोत तथा सिँचाइ विकास सव डिभिजन कार्यालय सोलुखुम्बुले हाल सम्म ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को अन्त्यतिर आइपुग्दा कार्यालयबाट सञ्चालन भएका २५ वटा योजना मध्ये हाल सम्म करिव ९५ प्रतिशत योजना सम्पन्न भएको जनाइएको हो ।
कार्यालयले यस वर्ष सङ्घीय सरकारबाट आएको २ करोड १५ लाख र प्रदेश सरकारबाट आएको ४ करोड ७८ लाख रुपैयाँ बराबरको बजेटबाट सञ्चालन गरेका उक्त योजनाहरू अहिले करिव ९५ प्रतिशत सम्पन्न भइसकेको कार्यालय का प्रमुख इन्जिनियर रञ्जय बहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा सञ्चालन गर्ने गरि जिल्लामा सिँचाइ तर्फ १९ वटा र नदि नियन्त्रण तथा पहिरो रोकथाम तर्फ ५ कुल २४ वटा योजनाहरू आएका थिए । ति मध्ये अधिकांश योजना सम्पन्न भइसकेका हुन । कार्यालयले चालु आर्थिक वर्षमा संघ तर्फका ५ योजना सम्पन्न गरेको छ ।
कार्यालयले खुम्बु पासाङ ल्हामु गाउँपालिकामा नाक्चुङ पाइप सिँचाइ योजना, लिखुपिके गाउँपालिकामा ज्याङदालु सिँचाइ योजना र नेचासल्यानमा ठाडो खोला भोगेटनी सिँचाइ आयोजना लगायतका याेजना सञ्चालन गरेको हो ।
Discussion about this post