सोलुखुम्बु, असार १९ । मनसुनजन्य विपदबाट सोलुखुम्बुमा २ जनाको मृत्यु भएको छ । लाेकसेवाकाे परिक्षा दिन हिडेका शिक्षक सहित अन्य एक जनाकाे मृत्यु भएकाे हाे । लागातार २ दिनमा जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार गत १७ गते गाउँपालिकाको वडा नम्बर २ मा निर्माणधीन सिल्क हाइड्रो पावरमा कार्यरत १ कर्मचारीको भीरबाट लडेर ज्यान गएको छ भने मङ्गलबार वडा नम्बर १ स्थित पैयाँ खोलाले बगाउँदा १ जना शिक्षकको ज्यान गएको हो ।
ज्यान गुमाउने हाइड्रोका कर्मचारी ३० वर्षीय धन बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । हाइड्रो पावरमा हेल्पर पदमा कार्यरत कर्मचारी तामाङ काम सकेर सुत्न फर्कने क्रममा बाटोमा चिप्लिएर करिव ४ सय मिटर तल झेरका थिए । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मङ्गलबार पैयाँ खोालले बगाउँदा ज्यान गुमाउने शिक्षक राजु राई लोकसेवा आयोगको परीक्षाका लागी विराटनगर जाँन नाम्चेबाट हिँडेका थिए । माप्य दुधकोशी गाउँपालिका २ का ३६ वर्षीय राई हिमालय आधारभुत विद्यालय नाम्चेमा कार्यरत हुन । उनको परीक्षा दिन जानका लागी पैयाँ खोला तर्ने क्रममा चिप्लिँदा ज्यान गएको हो ।
Discussion about this post