असार १९, सोलु खुम्बु । खोटाङ जिल्ला पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आज जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक सन बहादुर राइको अध्यक्षतामा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाभर १० ओटै पालिकाका १३ देखी ५९ महिनासम्मका सबै बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि असार १८ गते जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । यसवर्ष जिल्लाभर हजार तीन सय तीन जना बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।
जिल्लास्थित स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि जिल्लालाई समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा एक हजार दुई सय ५९, हलेसी तुवाचुङ नगरपालिकामा एक हजार आठ सय ८४, ऐसेलुखर्क गाउँपालिकामा आठ सय ९९, रावाबेसी गाउँपालिकामा सात सय २६, केपिलासगढी गाउँपालिकामा तीन सय ९९, साकेला गाउँपालिकामा छ सय ६१, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आठ सय ९४, खोटेहाङ्ग गाउँपालिकामा एक हजार ४३, जन्तेढुङ्गा गाउँपालिकामा सात सय ६४ र बराहपोखरीमा सात सय ७४ जना बालबालिकाले सबै प्रकारका खोप पाएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाइँले बताउनुभयो ।
Discussion about this post