असार १९, सोलुखुम्बु । सोलुखुम्बुको खम्बु पासाङ ल्हामु गाउँपालिकामा एक पुरुषको लडेर मृत्यु भएको छ । गत १८ गते राती गाउँपालिकाको वडा नम्बर २ छर्तलाबाट काम सकेर कोठा फर्कने क्रममा लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर २ पेल्माङका ३१ वर्षीय रास चन्द्र कुलुङको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ छर्तलाबाट काम सकेर कोठा फर्कने क्रममा बाटोमा चिप्लिएर लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हो ।
बाटोबाट चिप्लिएर लडेका कुलुङ २० मिटर तल झरेका थिए । कुलुङ लडेर मृत फेला परेको भन्ने खवर पाउनासाथ प्रहरी चौकी लुक्ला बाट खटिएको प्रहरी टोलीले शवको उद्धार गरि थप अनुसन्धान भइरहेको जनाइएको छ । यस अघि गाउँपालिकामा भवितव्य घटनामा परि २ जनाको मृत्यु भइसकेको छ ।
Discussion about this post