असार १९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ स्थित जनजागृती माध्यमिक बिद्यालयमा सर्मिला नेपालीको अध्यक्षतामा १४७ सदस्य इकाई समिति गठन गरिएको छ । बुधबार नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बुको संगठन विस्तार कार्यक्रम अन्तर्गत नेपालीको अध्यक्षतामा समिति गठन गरिएको हो ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुका सचीव मोहन कृष्ण निरौलाले नेविसंघले विद्यार्थीहरुको हक हितका निम्ति काम गर्ने संस्था भएकोे भन्दै नेपाल विद्यार्थी संघलाई थप सशक्त बनाउनु पर्ने धारणा राख्नु भएको छ । यस्तै विद्यार्थीहरुको साझा समस्या समाधान गर्न नेपाल विद्यार्थी संघ प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता कपिल राईले जानकारी दिनुभयो ।
Discussion about this post