असार २५, सोलुखुम्बु । अविरल भारी बर्षापछि आएको पहिरोमा घर पुरिएर उदयपुरमा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उनीहरू एकै परिवारका हुन् । मृत्यु हुनेमा त्रियुगा नगरपालिका– १५ खाँबु तोरीबारअंकी ९ वर्षीया रुपकला मगर रहेकी छिन् । घाइते हुनेमा उनको आमा ४० वर्षीया हिराकुमारी मगर र भाइ ७ वर्षीय योगेश मगर रहेको डिएसपी राजन चापागाईंले जानकारी दिनुभयो । घाइतेहरूको उपचारको लागि उदयपुर अस्पताल ल्याउने काम भइरहेको छ ।
उक्त ठाउँमा उनीहरूसहित चारवटा घर पुरिएको वडाध्यक्ष हिमराज मगरले बताउनु भयो । अन्य ७ ओटा घर जोखिममा रहेका छन् । यता सदरमुकाम गाईघाट कटानको उच्च जोखिममा परेको छ । बरुवाखोलामा आएको बाढीले ढिम्कीस्थित बाँधमा कटान गरेको छ। बाँधेका करिब ५० मिटर लम्बाई र ६ मिटर चौडाइ कटान भएको छ । कटानले तारजाली, ढुङ्गा र दर्जनौ रुख कटानगरी बगाएको छ । क
टानपछि बजार र आसपास क्षेत्र उच्च जोखिममा परेको हो । कटान स्थलमा रोकथामलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका छन् । तार जाली भरेर रोकथामको प्रयास भइरहेको छ । बेलका नगरपालिका १ भालुवन्ति गाउँ डुबान हुँदा ६ घर विस्थापित भएको उपमेयर जिरा राईले जानकारी दिनुभयो । लामो बर्सात र भेलबाढीका कारण जनजीवन प्रभावित भएकोले सबैले उच्च सतर्कता अपनाउन पर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आग्रह गर्नुभयो ।
Discussion about this post