Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने पुटिनको वाचा

Radio Everest by Radio Everest
July 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 असार २६, साेलुखुम्बु ।  रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाचा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले छिट्टै नै भारतीयलाई मुक्त गर्ने प्रतिबद्धता जनाएका हुन् ।

रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने पुटिनको वाचा

भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मोदी र पुटिनबीच रुसी सेनामा रहेका भारतीय नागरिकलाई मुक्त गर्ने विषयमा छलफल भएको बताए । मस्कोमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘प्रधानमन्त्रीले झुक्याएर रुसी सेनामा भर्ती गराइएका भारतीयहरूको शीघ्र रिहाइका लागि जोडदार ढंगले कुरा उठाउनु भएको छ । रुसी पक्षले रुसी सेनामा भर्ती भएका भारतीयलाई रिहाइ गर्ने वाचा गरेको छ ।’ विदेश सचिव क्वात्राका अनुसार अहिलेसम्म ३५ देखि ५० को हाराहारीमा भारतीयहरू रुसी सेनामा भर्ती भएका छन् । तीमध्ये १० जना घर फर्किइसकेका छन् ।

युक्रेनसँगको युद्धमा कम्तीमा ४ जना भारतीयको मृत्यु भएको मारिएको द हिन्दुले जनाएको छ । यद्यपि भारतीय विदेश मन्त्रालयले भने यसअघि जुन ११ मा २ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । त्यसअघि फेब्रुअरी र मार्चमा १/१ भारतीय नागरिको मृत्यु भएको थियो । हिन्दुका अनुसार मृत्यु भएका २ जनाको शव भारत ल्याइसकिएको छ । त्यस्तै २ जना हराइरहेको पनि समाचारमा उल्लेख छ । करिब ३० जना घर फर्किनका लागि विदेश मन्त्रालयको सम्पर्कमा आएका छन् ।

भारतीय जाँच एजेन्सी सीबीआईका अनुसार राम्रो जागिर र पैसा पाइने भन्दै युवाहरूलाई रुसु पुर्‍याइएको जनाएको छ । एनडीटीभीका अनुसार नयाँदिल्लीदेखि तमिलनाडुसम्म फैलिएको मानव तस्करको गिरोहले सामाजिक सञ्जालमार्फत प्रलोभन देखाएर युवाहरूलाई रुस पुर्‍याएको जनाएको छ । केहीलाई ‘शंकास्पद विश्वविद्यालय’ मा भर्ना गरिदिने भन्दै रुस पुर्‍याएर सेनामा भर्ती गराइएको समेत सीबीआईले जनाएको छ । यस घटनामा संलग्न भएको आरोपमा कम्तीमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । केही समयअघि पञ्जाब र हरियाणाका ७ युवाले आफन्तहरूलाई एक भिडियो पठाउँदै उद्धारका लागि सरकारसँग आग्रह गरेका थिए । तीमध्ये केहीले आफूहरूलाई पर्यटकीय भिसामा रुस पुर्‍याइएको र पासपोर्ट जफत गरी रुसी सेनामा भर्ती गरिएको बताएका थिए ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । युद्धका कारण दुवैतर्फ ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ । गत फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा ३० हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको बताएका थिए । रुसले भने आधिकारिक रूपमा क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

बीबीसीले अप्रिलमा एक रिपोर्ट सार्वजनिक गर्दै युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको थियो । तर यसको स्तवन्त्र पुष्टि भने भएको छैन । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको छ ।

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर कम्तीमा ३५ जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै युद्धमा घाइते भएर उपचाररत नेपाली ६ रहेको पनि मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । सरकारी तथ्यांकअनुसार रुस–युक्रेन युद्धपछि नेपाल फर्कनेको संख्या १ सय २८ पुगेको छ । रुसी सेनामा भर्ती भएका नेपालीका बारेमा सरकारले लगातार रुस सरकारसँग बुझ्न खोज्दासमेत स्पष्ट जानकारी प्राप्त भएको छैन ।

Previous Post

बाढीको उच्च जोखिममा गाईघाट बजार

Next Post

भारतमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post

भारतमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly