असार २६, सोलुखुम्बु । लिखुपिके गाउँपालिका वडा नम्बर १ ले राजधानि काठमाडौँबाट सेवा प्रदान गर्ने भएको छ । काठमाडौँमा बसोबास गरिरहेका वडाका वृद्धवृद्धाहरुलाई विशेष प्राथमिकतामा राखि सेवा प्रदान गर्ने वडा अध्यक्ष मिङमार गेल्जे शेर्पाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष शेर्पाका अनुसार आउँदो साउन १० गते देखि १५ गते सम्म सामाजिक सुरक्षा भत्ता वितरण साथै नविकरण, जन्मदर्ता, विवाह दर्ता लगायत वडाबाट प्रदान गरिने सेवाहरु प्रदान गर्ने भएको हो ।
काठमाडौँदेखि सोलुखुम्बु आवतजावतका क्रममा सामाजिक सुरक्षा भत्ता बराबर पाउने रकम आवतजावतमा खर्च हुने बताउँदै वृद्धवृद्धाहरुको सहजताका लागि राजधानि काठमाडौँबाटै सेवा प्रदान गर्ने वहाँको भनाई छ ।
Discussion about this post