असार २६, सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ स्थित पैँया खानेपानीको सुविधाबाट ३५ घरधुरी लाभान्वित भएका छन् । खानेपानी वितरण भए सँगै गुम्बाटोल र च्यादिङ टोलका ३५ वटा घरधुरी सहित १ वटा विद्यालय र १ वटा स्वास्थ्य चौकी समेत प्रत्यक्ष लाभान्वित भएका हुन् ।
खानेपानी अन्तर्गत तीन वटा रिजर्भ ट्याङ्की निर्माण, एउटा फिल्टर ट्याङ्की निर्माण, गुम्बा टोल र च्यादिङ टोलको घर घरमा पानि वितरण गर्ने र च्यादिङ टोलमा फायर हाईड्रेन्टको पाईप बिछ्याउने कार्य सम्पन्न भएको छ ।
नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले फायर हाईड्रेन्ट सहितको खानेपानी निर्माणका लागि पालिकाले आर्थिक वर्ष २०७५/०७६ मा १५ लाख रूपैँया, आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख रूपैँया, आर्थिक वर्ष २०७९/०८० मा १६ लाख ८० हजार रूपैँया र आर्थिक वर्ष २०८०/०८१ मा ३० लाख रूपैँया गरी कुल ७६ लाख ८० हजार रूपैँया बिनियोजन गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिनुभयो ।
Discussion about this post