Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपालतर्फ सर्याे मनसुन रेखा, सोलुखुम्बु सहित यि ४३ जिल्ला उच्च जोखिममा

Radio Everest by Radio Everest
July 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

आसर २७, सोलुखम्बु । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ । उक्त रेखा आज रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना छ । बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ ।

त्यसैले यी दुवै प्रणालीको प्रभावले आज असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको मौसमविद झाले जानकारी दिए । सोही विश्लेषणको आधारमा महाशाखाले नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।

यी हुन् जोखिममा परेका जिल्ला

महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुरलाई उच्च जोखिमको सूचीमा राखेको छ । यसैगरी मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी तथा बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा पनि उच्च जोखिमको सूचीमा परेका छन् ।

गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोर्खा जिल्लालाई पनि महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ । उच्च जोखिमको सूचीमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ पनि परेका छन् । मध्यम जोखिममा कोशी प्रदेशबाट ओखलढुंगा मात्र परेको छ ।

बागमतीबाट रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र नुवाकोट जिल्ला पनि मध्यम जोखिममा छन् । गण्डकीका मनाङ र मुस्ताङ तथा लुम्बिनीका बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, प्युठान र अर्घाखाँची तथा कर्णालीका दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिम र जाजरकोट जिल्ला मध्यम जोखिमको सूचीमा छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम र बैतडी जिल्लालाई पनि मौसम पूर्वानुमान महाशाखाले मध्यम जोखिमको सूचीमा राखेको छ ।

न्यून जोखिममा कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला छन् । यस वर्षको मनसुन २८ जेठ अर्थात् १० जुनमा कोशी प्रदेशमा भित्रिएको थियो । सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन असार १० गते अर्थात् २४ जुनमा सुदूरपश्चिम प्रदेशभर फैलिएको थियो । मनसुन भित्रिएदेखि हालसम्मको अवधिमा देशभर ८१ जनाको मृत्यु भइसकेको छ ।

Previous Post

सोलुखुम्बुमा बर्षायाममा समेत विद्युत निरन्तर सुचारु भइरहेको वितरण केन्द्रको दाबी

Next Post

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

Related Posts

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026
0
Next Post
सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

Discussion about this post

Everest Highlights

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly