असार २८, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष प्रभावकारी बन्दै गएको छ । सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलयले सञ्चालनमा ल्याएको सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष हाल प्रभावकारी बन्दै गएको हो ।
कार्यलयमा जेष्ठ नागरिककोे चाप बढ्न थालेसँगै उनिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै गत असार १५ गतेबाट स्वास्थ्य सेवा कक्ष सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले जानकारी दिनुभयो । सरकारको नीतिअनुसार जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउने जेष्ठ नागारिकहरुको भिड लागेको उहाँले उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि लाईन बस्नुपर्ने समयमा उनिहरुको सुगर, प्रेसर, तौल लगायतका सामान्य स्वास्थ्य परीक्षण गर्ने गरिएको डा. ढकालको भनाई छ । दैनिक ५० को हाराहारीमा सेवाग्राहीहरुले स्वास्थ्य सेवा लिदै आएको जिल्ला प्रशासन कार्यालय ओखलढुगांले जनाएको छ ।
Discussion about this post