असार २८, साेलुखुम्बु । वर्षातका कारण हिमाली जिल्ला सोलुखुम्बुमा एक घर तथा निर्माणाधीन खानेपानी आयोजनामा क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाको नेचासल्यान गाउँपालिका ३ स्थित १ दलित परिवारको घर र वडा नम्बर ३ स्थित एक खानेपानी आयोजनामा क्षती पुगेको हो ।
प्रहरीका अनुसार हिजो २७ गते नेचासल्यान गाउँपालिका वडा नम्बर ४ स्थित तुर्पुघाट खानेपानी आयोजनाको मूल ट्याङ्की सोलुखोलाको बाढीले बगाएर पूर्ण रुपमा क्षति भएको छ । सङ्घीय खानेपानी आयोजना तथा ढल व्यवस्थापन खोटाङको बजेटमा निर्माण भइरहेको ट्याङ्की पूर्ण रुपमा बाढीले बगाएको छ ।
यता निरन्तरको वर्षाका कारण नेचासल्यान गाउँपालिकाकै वडा नम्बर ३ को भण्डारी गाउँका डम्बर सिंह दर्जीको घरको गाह्रोमा प्वाल परेको छ । दर्जीको टिनको छाने भएको २ तले घरको तल्लो तल्लाको उत्तर तर्फको गाह्रोमा प्वाल पर्दा जोखिम पूर्ण बनेको हो । उक्त घरमा बसोबास गर्ने परिवारलाई प्रहरीले सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्दै घर खाली गरिएको छ ।
Discussion about this post