असार २८, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाले १ देखि ७ वडामा पुजीँगत तर्फको बजेट सिलिङ पठाएको छ । गाउँपालिकाले पठाएको सिलिङमा सबैभन्दा धेरै बजेट वडा नम्बर १ फेदीमा परेको छ ।
पालिकाले ७ वटै वडाको लागि १ करोड ५० लाखको बजेट सिलिङ पठाएको मध्ये वडा नम्बर १ लाई २७ लाख रुपैँया सिलिङ पठाएको छ । त्यस्तै पालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ को लागि वडा नम्बर २ खार्तम्छामा २० लाख, वडा नम्बर ३ बास्पानीमा १७ लाख, वडा नम्बर ४ बाक्सिलामा २५ लाख, वडा नम्बर ५ सप्तेश्वरमा २० लाख, वडा नम्बर ६ दिप्सुङमा १७ लाख र वडा नम्बर ७ सुङदेलमा २४ लाखको सिलिङ पठाएको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो ।
पालिकाले यहीँ असार ३० गते आउँदो आर्थिक वर्ष २०८१/०८२को बजेट पारित गर्ने केपिलासगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र खनालले जानकारी दिनुभयो ।
Discussion about this post