असार ३०, सोलुखुम्बु । आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सामान्यदेखि कतै पूर्ण बदली छ । तर कोशी र गण्डकीका एक दुई ठाउँबाहेक अरू ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतर्फ अर्थात् नेपालभन्दा पर रहेकोले मनसुन सामान्य मात्रै सक्रिय हुने महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ । यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघ गर्जन÷चट्याङ्गसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Discussion about this post