असार ३०, सोलुखुम्बु । ओखलढुंगामा भएको जिल्ला स्तरीय पुरुष व्याडमिन्टन प्रतियोगितामा ए लेभलतर्फ पुजन लुईटेल र सगुन कार्की विजयी भएका छन् । रमाईलो डाँडा व्याडमिण्टन संघको आयोजनामा २९ र ३० गते सञ्चालन गरिएको प्रतियोगितामा दोस्रोमा हित बहादुर राई, कमल तामाङ र सेमीफाइन लिस्ट सानु बाबु श्रेष्ठ, ध्यानविर राई, छविलाल राई र पन्च राई भएका छन् ।
त्यस्तै बी लेभलतर्फ सुनिल तामाङ र रोहीत सुवेदीले जित निकालेका छन् । दोस्रोमा जुन कुमार राई, बल बहादुर राई र सेमीफाइनलीस्ट समीर खड्का, बाल कुमार श्रेष्ठ, पुन्जन लुईटेल र तान्जिङ तामाङ भएका छन् । ए लेवल तर्फ प्रथम, द्धितिय र सेमीफाइनलिस्टले क्रमशः १५ हजार, १० हजार, ३/३ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यस्तै बि लेवल तर्फ प्रथम, द्धितिय र सेमीफाइनलिस्टले क्रमशः १० हजार, ६ हजार र २÷२ हजारको साथमा शिल्ड, मेडल र प्रमाण पत्र पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ३० टिमको सहभागीता रहेको थियो ।
Discussion about this post