असार ३१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा प्रथम वडा अध्यक्ष रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडा नम्बर ७ गार्माको आयोजनामा जिल्लाव्यापी वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।
आउँदो साउन ३ गते देखि ५ गते सम्म प्रतियोगिता हुने सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । जिल्लामा खेलकुदको संभावना भएको भन्दै खेल क्षेत्रको विकासलाई फराकिलो बनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने खेलाडीलाई क्रमश : १ लाख १ हजार १ सय रुपैँया, ७५ हजार १ सय रुपैँया, ५० हजार १ सय रुपैँया र सान्त्वना हुनेलाई २५ हजार १ सय रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।
यस्तै सर्वाेत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट स्पाईकरलाई २ हजार, उत्कृष्ट सेटरलाई २ हजार, उत्कृष्ट ब्लकरलाई २ हजार, उत्कृष्ट डिफेन्डरलाई २ हजार, उत्कृष्ट सर्भरलाई २ हजार र नव उदयमान खेलाडीलाई २ हजारको साथमा ट्र«फि र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता गार्मा माध्यमिक विद्यालयको प्राङगणमा हुने भएको छ ।
Discussion about this post