असार ३१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले ४८ करोड रुपैयाँ भन्दा बढीको बजेट सर्वसम्मत पास गरेको छ । आज सोमबार गाउँपालिकाको १५ औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४८ करोड २० लाख रुपैयाँको बजेट सर्वसहमत पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा भएको उक्त सभाले चालुतर्फ ९ करोड ९५ लाख रुपैयाँ र समानिकरण अनुदान, आन्तरिक आय र राजस्वबाट २० करोड ४२ लाख १ हजार रपैयाँ, बजेट पास गरेको गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिनुभयो । शर्सत अनुदान तर्फ २७ करोड ५९ लाख ९९ हजार रुपैयाँ रकम छट्टाइएको छ ।
यस्तै वडा कार्यालय पुजिँगत तर्र्फ २ करोड ७५ लाख रुपँैया बजेट विनियोजन गरिएको छ । गाउँ सभामा गाउँपालिका अध्यक्ष धनजन राई सहित उपाध्यक्ष विना राई, प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेल, सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँपालिकाका अन्य कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुगेंलले जानकारी दिनुभयो ।
Discussion about this post