साउन १, सोलुखुम्बु । सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर २ काँगेलकी अनिता भुजेल स्थानीय भिरकुना भिरमा घाँस काट्ने क्रममा लड्दा ज्यान गएको हो । अन्दाजी २५ वर्षीय भुजेल घाँस काट्नका लागी बिहान ९ बजे हिँडेकी थिइन् । घाँस काट्न गएकी भुजेल लामो समयसम्म घर नफर्केपछि खोजी गर्न जाँदा भीरमा लडिरहेको अवस्थामा मृत फेला परेकी हुन । घटना स्थलमा थप अनुसन्धानका लागी प्रहरी र काँगेलका वडा अध्यक्ष युजन बस्नेत त्यसतर्फ जाँदै गरेको जनाइएको छ ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post