साउन २, सोलुखुम्बु । धनकुटाको चौबीसे गाउँपालिका–३ कुरुलेतेनुपाको शिरमा पर्छ बन्दुकेडाँडा । भौगोलिक बनावटको हिसावले बन्दुकेडाँडा उचाइमा भएकाले यहाँ सिँचाइका लागि मात्र होइन पिउनका लागि पनि खानेपानीको धेरै समस्या छ। बन्दुकेडाँडा सुक्खा ग्रस्त क्षेत्र हो। ६२ वर्षका स्थानीय लोकेन्द्रकुमार याखाका अनुसार यो क्षेत्रमा खानेपानीको समस्या यति थियो कि स्थानीयलाई खानेपानी ल्याउन एक बिहान समय लाग्थ्यो।
बन्दुकेडाँडासहित कुरुले तेनुपामा कुनै बेला बाक्लो बस्ती थियो। २०४५ सालको भूकम्पपछि यस क्षेत्रका अधिकांश खानेपानीका मुहान सुक्न थाले। खानेपानी समस्याकै कारण यहाँका स्थानीय बसाइँ सर्न थाले। बस्ती रित्तिँदै गयो।
बसाइँसराइले सिंगो गाउँ नै उजाड बनाएको थियो। बसाइँसराइले बस्ती रित्तिएर उजाड बनाएको बन्दुकेडाँडामा अहिले लटरम्म स्याउ फल्न थालेको छ। बन्दुकेडाँडाको करिब १ सय १५ रोपनी क्षेत्रफलमा रहेको रहरलाग्दा स्याउको बोटमा यतिबेला लटरम्म स्याउ फलेका छन्।











Discussion about this post