दावा जाङ्बु शेर्पा, काठमाडौं, साउन ३ । कोरियाली महान चाड छुसकको अवसरमा कोरियामा बृहत हिमालयन साङ्गीतिक धमाका २०२४ कार्यक्रमको आयोजना गरिने भएको छ । शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा बिपद व्यवस्थापन तथा आपतकालीन राहत कोषको सहयोगार्थ संगै शेर्पा हरुको भाषा, कला, धर्म लगायत संस्कृतिक संरक्षण तथा सम्वर्द्धनका लागी सेप्टेम्बर १७ मा कोरियाको राजधानी सोलमा आयोजना गर्नलागेको हिमालयन सांगीतिक धमाका २०२४ कार्यक्रमको तयारी तीब्र पारिएको छ ।
संघले आदिबासी जनजाती महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन संस्थाको कार्यासमिति तथा सल्लाहकारहरूको भेलाले सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचारप्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड गरेको छ।
सो अवसरमा नेपाली राष्ट्रिय कलाकारहरु त्यहाँ पुगेर प्रस्तुति दिने छन् । गायिका समिक्षा अधिकारी, ज्योति मगर, मिङमार शेर्पा, पल्मु शेर्पा, सुरेश लामा लगायत दक्षिण कोरिया रहेको नेपाली कलकाहरूले कार्यक्रममा प्रस्तुति दिने शेर्पा संघ दक्षिण कोरियाका महासचिव दोर्ची शेर्पाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमका लागी आयोजकले कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाई उपस्थितीमा लागी अनुरोध गर्दै कार्यक्रमलाई सहयोग गर्नका लागी आर्थिक संयोजक पासाङ शेर्पालाई सम्पर्क गर्न सकिने उहाँको भनाई छ । शेर्पा संघ दक्षिण कोरिया स्थापनाकाल देखि नै विभिन्न समाजिक कार्य गर्दै कोरियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल एक मुनाफा राहित समाजिक संस्था हो ।
Discussion about this post