साउन ४, साेलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ का २ सय १९ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । आ.व. २०८० / ८१ को अन्तिम चौमासिक बापतको रकम वडा कार्यालयमै लाभग्राहीलाई वितरण गरिएको हो ।
राष्ट्रिय वाणिज्य बैँक नेचा शाखाको सहजिकरणमा शुक्रबार मात्रै २ सय १९ जनालाई भत्ता वितरण गरिएको वडा अध्यक्ष रमेशकुमार राईले जानकारी दिनुभयो । पालिका उपाध्यक्ष विना राईको उपस्थितिमा भएको कार्यक्रममा लाभग्राहीहरुले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउँदा खुशी व्यक्त गरेका छन् ।
भत्ता वितरणका लागि राष्ट्रिय वाणिज्य बैङ्कको नेचा शाखाबाट शाखा प्रमुख टोपराज पराजुली नेतृत्वको टोली वडा कार्यालय ख्याम्पु पुगेको थियो । अधिकतम सेवाहरू नागरिकको घरदैलोमै पु¥याउने नीति अनुरूप वडा कार्यालयमै बैङ्कको टोली लगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पालिका उपाध्यक्ष विना राईले बताउनु भयो ।
Discussion about this post