साउन ४, सोलुखुम्बु । खोटाङमा यस वर्षको रोपाइँ ७६ प्रतिशत बढी सकिएको छ । कृषि ज्ञान केन्द्र खोटाङ्ग अनुसार जिल्लामा यस वर्षको धान खोटाङ्ग ७६ दशमलव ७९ प्रतिशत सकिएको हो । कुल धान रोपाँइ हुने क्षेत्रफल १० हजार १० हेक्टर मध्ये जिल्लामा हाल सम्म ७६ दशमलव ७९ प्रतिशत अर्थात ७ हजार ६ सय ४२ दशमलव ४५ हेक्टरमा धान खोटाङ्ग सम्पन्न भएको छ ।
यस वर्ष समयमा पानी परेका कारण समयमै धान राेपाइँ सम्पन्न हुने अपेक्षा गरिएको उहाँको भनाई छ । आज शुक्रबार प्रकाशित विवरण अनुसार खोटाङका दश पालिका मध्ये सबैभन्दा धेरै धान रोपाई हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८३ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ ।
यस्तै हलेसी तुवाचुङ नगरपालिकामा ३८ प्रतिशत, जन्तेढुंगा गाउँपालिकामा ६३ प्रतिशत, बराहपोखरी गाउँपालिकामा ८५ प्रतिशत, खोटेहाङ गाउँपालिकामा ७२ प्रतिशत, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७५ प्रतिशत, साकेला गाउँपालिकामा ८० प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।
त्यस्तै रावाबेसी गाउँपालिकामा ६५ प्रतिशत र केपिलासगढी गाउँपालिकामा ७० तथा ऐसेलुखर्क गाउँपालिकामा ७५ प्रतिशत धान राेपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईको अनुसार जिल्लामा अघिल्लो वर्ष यही अवधीमा ५० प्रतिशतमात्र धान रोपाई सम्पन्न भएको थियो ।
Discussion about this post