साउन ४, सोलुखुम्बु । सोलुखुम्बुमा घर मुनिबाट गएको पहिरोका कारण पक्की घर जोखिममा परेको छ । सोलुदुधकुण्ड नगरपालिका १० टाप्टीङ दिमिलका डेन्डी शेर्पाको घर मुनिबाट करिव २ सय मिटर अग्लो पहिरो जाँदा उनको घर बस्नै नमिल्ने गरि जोखिममा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्पाको ३ तले इँटा र सिमेन्टले बनेको टिनको छानो भएको घरको मुनिबाट पहिरो गएर घर जोखिममा परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी त्यहाँ गएर आवश्यक सुरक्षाका काम गरेको जनाइएको छ ।
Discussion about this post