साउन ४, सोलुखुम्बु । वर्षातका कारण हिमाली जिल्ला सोलुखुम्बुको विभिन्न स्थानमा बाढीका कारण सडक बाटो अवरुद्ध भएका छन । विहीबार राती परेको वर्षातका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको केन्द्रलाई सल्लेरी जोड्ने सडक बगाइदिएको छ ।
यस्तै निरन्तरको वर्षातका कारण सोलुखुम्बूको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ स्थित च्याल्सा पावर हाउस जाने बाटो समेत भासिएको छ । सिद्धिचरण लोमार्गमा सडकको छेउमा लगाइएको वाल भासिँदा ठूला सवारी सञ्चालन नहुने अवस्था सृजना भएको प्रहरीले जनाएको छ । साना सवारीहरू सञ्चालन भएपनि ठुला सवारी सञ्चालनमा कठिनाइ हुने भएपछि तत्काललाई प्रहरीले बाटो बन्द गरि खुलाउन स्थानीय सरकार र सडक विभाग सँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पहिरोकै कारण जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ रनेमबाट सोताङ जाने बाटो समेत अवरुद्ध भएको छ । सल्लेरी बाट सोताङ जाने रनेम स्थित सडक खण्डमा माथिबाट झरेको पहिरोले अवरुद्ध भएको सडक हाल खुलाइ सकिएको छ ।
Discussion about this post