साउन ५, सोलुखुम्बु । ओखलढुंगामा २ महिने शिशुको आफ्नै आमाले हत्या गरेकी छन्। सिद्धिचरण नगरपालिका –४ चार्खुकी २६ वर्षिय दिप कुमारी राईले दूई महिनाको छोरा हिमाल राईलाई किटनासक औषधी खुवाई हत्या गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ। गत असार ३१ गते जिल्लाको चिसंखुगढी गाउँपालिका ८ बाघखोर स्थित जंगलमा शिशु मृत अवस्थामा फेला परेको थियो ।
प्रहरीले कनुनी प्रकृया पुरागरि मृत शिशुको शव पोष्टमार्ट लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाएको र अनुसन्धानको क्रममा मृत शिशु युवराज राई र दिप कुमारी राईको छोरा रहेको भन्ने थाहाँ पाएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी विजय कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनिहरुसँग प्रहरीले अनुसान्धान गर्दा मृत शिशुको आमा आफैले किटनासक औषधी खुवाई हत्या गरी जंगलमा फालेको स्विकार गरेका छन् । शिशु जन्मेदेखिनै रोई रहने भएकाले दिक्क लागेर सो घटना घटाएको बयानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
Discussion about this post