साउन ५, सोलुखुम्बु । सोलुखुम्बुमा किसानहरुलाई कोदो रोप्ने चटारो छ । धान रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै जिल्लाभरका किसानहरुलाई कोदो रोेप्ने चटारो परेको हो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बालि संरक्षक अधिकृत तथा सूचना अधिकारी कुल बहादुर राई अनुसार जिल्लाका जेठको दोस्रो हप्ता देखि जिल्लाभर नै किसानले कोदो रोप्न थालेका छन् ।
उहाँका अनुसार जिल्लाभर २१ सय ५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुदैँ आएको छ । जिल्लामा गत वर्ष २८ सय १९ दशमलव ३८ मेट्रिकटन कोदो उत्पादन भएको थियो ।धान खेति नहुने माथिल्लो क्षेत्रमा कोदो रोपाई सकिएको छ भने तल्लो भेगमा धान रोपाई सकिएसँगै अहिले कोदो रोपाईमा व्यस्त छन् ।
जिल्लाको नेचासल्यान गाउँपालिका, लिखुपिके गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, महाकुलुङ गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका लगायत विभिन्न स्थानमा कोदो खेति गरिदै आएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post