साउन ५, सोलुखुम्बु । जय नेपाल फाउण्डेसनको आयोजनामा काठमाण्डौमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिपि स्मृति दिवसको अवसरमा फाउण्डेसनले बिपि कोइराला र वर्तमान राष्ट्रिय राजनीति विषयक विचार गोष्ठी नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा काठमाण्डौको सुकेधारा स्थित युनिभर्सल क्याफेमा कार्यक्रम सम्पन्न भएको हो ।
आज आयोजित कार्यक्रममा जय नेपाल फाउण्डेसन जिल्ला कार्यसमिति सोलुखुम्बुले एसइई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गरेका विद्यार्थी र विद्यालयलाई सम्मान गरेको जय नेपाल फाउण्डेसन सोलुखुम्बुका संयोजक नवीन थापाले बताउनुभयो । उहाँका अनुसार २०८० सालको परिक्षामा जिल्लाबाट पहिलो, दास्रो र तेस्रो हुने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । सम्मान हुनेमा प्रथम खुम्जुङ माध्यमिक विद्यालयकाका विव्यस अध्यक्ष लक्ष्मण अधिकारी र छात्र खाम्सु वाङ्डु शेर्पा, दोश्रो केदार माध्यमिक विद्यालय नेचासल्यानका विव्यस अध्यक्ष हेमराज शर्मा र छात्र रमन बाबु कट्टेल र तेश्रो गार्मा माद्यमिक विद्यालयका विव्यस अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा र छात्र फिन्जुङ शेर्पालाई सम्मान गरिएको छ । उहाँहरुलाई सम्मान–पत्रसहित दोसल्लाले सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जिल्ला उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई बधाई तथा उज्जवल भबिष्यको शुभकामना समेत दिनुभएको छ । यस्तै महामन्त्री असार ६ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने समेत उल्लेख गर्नुभयो ।
उहाँले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको जिकिर गर्नुभएको छ ।
जय नेपाल फाउण्डेसन सोलुखुम्बुका संयोजक नवीन थापाको अध्यक्षता तथा कांग्रेस महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ, भने कांग्रेस केन्द्रीय सदस्यहरु आङ गेलु शेर्पा, नैनसिंह महर, कुन्दनराज काफ्ले, कांग्रेस सोलुखुम्बु सभापति नाम्गेल जाङबु शेर्पा र क्षेत्रीय सभापति कर्मा शेर्पाको उपस्थिती थियो । यस्तै नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, कोशी प्रदेश सांसद डोल्मा तामाङ, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ, बिपि चिन्तन प्रतिष्ठानका केन्द्रिय सचिव एवंम नेपाली काग्रेंस नेता गणेश कुमार बस्नेत लगायतको भव्य उपस्थिति रहेको थियो ।
Discussion about this post