साेलुखुम्बु , बैशाख १० गते । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिकाले आयोजना गर्ने एभरेष्ट भ्यु ट्रेल म्याराथन (४७ किमि)को तयारी अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले यहि १२ गते सञ्चालन गर्ने एभरेष्ट भ्यु ट्रेल म्याराथनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो ।
आयोजक माप्य दूधकोशी गाउँपालिकाले म्याराथनको रेखाङ्कनको काम जारी रहेको जनाउदै अन्य कामहरू सकिएको जनाएको हो । टिम दर्ताको समय भने ११ गते साँझ सम्म तोकिएको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनुभयो । गाउँपालिकाले महिला पुरुष दुबै तर्फ ३ वटा उमेर समुहमा आधारित म्याराथन प्रतियोगिताको आयोजना गर्दै छ ।
प्रतियोगितामा १८ देखी २९ वर्ष, ३० देखी ३९ वर्ष र ५० देखी ६५ वर्ष उमेर समुहका धावकहरूले सहभागिता जनाउने छन् । सबै उमेर समुहका धावकलाई समान पुरस्कार राशि तोकिएको छ । गाउँपालिकाले ३ वटै उमेर समुहका महिला पुरुष धावकलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार समान २० हजार, १५ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गर्ने छ ।
यस्तै सबै उमेर समुह मध्येमा प्रतिष्पर्धाबाट प्रथम द्धितिय र तृतीय हुने धावकलाई पुरस्कार राशी क्रमशः १ लाख, ७५ हजार, ५० हजार को साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक माप्य दूधकोशी गाउँपालिकाले जनाएको छ ।
Discussion about this post