साउन १०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बर्खायाममा लामो यात्रा गर्न उच्च जोखिम भएकाले काठमाडौंबाटै सेवा प्रदान गर्ने बताउनुभएको छ । बिहिवार रेडियो एभरेष्ट सँग कुराकानी गर्दै वडा अध्यक्ष शेर्पाले यस्तो बताउनुभएको हो ।
राजधानी काठमाडौंको चाबाहिलबाट यही साउन १४ र १५ गतेका दिन वडाबाट प्रवाह हुने विभिन्न सेवा प्रदान गर्ने उल्लेख गर्नुभयो । वडाका नागरिकहरु राजधानी काठमाण्डौमा विभिन्न पेशा व्यवसाय तथा अध्यायन प्रयोजनका लाभग्राहीका लागी सेवा शिविर सञ्चालन गरिने उहाँको भनाई छ ।
वडा कार्यालयले पञ्जिकरण सम्बन्धि सेवा, सामाजिक सुरक्षा भत्ता दर्ता र नविकरण, मालपोत÷भूमिकर संकलन लगायत वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु प्रदान गरिने भएको छ ।
Discussion about this post