साउन १०, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट एक वर्षमा झण्डै २ करोड राजस्व सङ्कलन भएको । कार्यालयमा विभिन्न सेवा शुल्क मार्फत गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८९ लाख २ हजार ८ सय ३४ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
कार्यालयमा राहदानी शुल्क मार्फत मात्रै झण्डै एक करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयका सूचना अधिकारी रूपेश विश्वकर्माका अनुसार गर्न आर्थिक वर्षमा कार्यालयले विभिन्न शीर्षकको उक्त रकम राजस्व सङ्कलन भएको हो । कार्यालयले गत आर्थिक वर्षमा राहदानी शुल्क मार्फत १ करोड ४७ लाख ९२ हजार ५ सय रुपैयाँ राजस्व सकल गरेको हो । यस्तै विभिन्न खालका धरौटी शुल्कबाट कार्यालयले ३0 लाख ९३ हजार ६ सय ३३, हातहतियार नवीकरण शुल्क मार्फत १८ हजार ६ सय ३०, न्यायिक दण्ड जरिवाना शुल्क मार्फत ९७ हजार ६ सय ८९ रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी विश्वकर्माले बताउनुभयो ।
यस्तै परीक्षा शुल्क मार्फत ९ हजार २ सय र प्रशासनिक सेवा शुल्क मार्फत ५ लाख ९९ हजार ७ सय ६० रुपैयाँ राजस्व सङ्कलन भएको हो । जिल्ला भित्रका सङ्घका कर्मचारीको बढुवा परीक्षा शुल्क, विभिन्न खालका सवारी दुर्घटनामा हुने धरौटी, संस्था नवीकरण लगायतबाट कार्यालयमा दाखिला गर्नुपर्ने राजस्वबाट उक्त रकम बराबरको राजस्व सङ्कलन हुने गरेको सूचना अधिकारी विश्वकर्माको भनाई छ र।
Discussion about this post