साउन १२, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ सापेका ४१ जनाले राजधानीबाटै सेवा दिएका छन् । वडा कार्यालयले नागरिकको ब्यस्तता र सहजतालाई मध्यनजर गर्दै सञ्चालन गरिएको वडा शिविर मार्फत ४१ जनाले सेवा लिएका हुन् ।
साउन १० गतेबाट सुरु गरिएको शिविर १५ गते सम्म सञ्चालन गरिने वडा अध्यक्ष मिङमार ग्यल्जेन शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार वडाबाट प्रदान गरिने मालपोत सम्बन्धी १८ जना, सामाजिक सुरक्षा भत्ता नविकरण ८ जना, जन्म दर्ता ५ जना, जन्म दर्ताको प्रतिलिपि ४ जना, नागरिकता सिफारिस ३ जना, नाता प्रमाणित २ जना र जन्म प्रमाणित सम्बन्धि सेवा १ जनाले लिएका हुन् ।
सेवा लिनका लागि वडा कार्यालयमै नपुगी राजधानीबाटै सेवा लिन पाउँदा सेवाग्राहि समेत हर्षित देखिएका छन् । उक्त शिविर काठमाडौंको नारायनटार पेट्र«ोल पम्प नजिकैबाट सेवा प्रवाह भइरहेको छ ।
Discussion about this post