साउन १४, सोलुखुम्बु । पोखरामा विद्यार्थी चढेको बस दुर्घटना भएको छ । पोखरा बिरौटाको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस विद्यार्थी बोकेर आउँदै गर्दा फुस्रेखोला नजिकै सडकमा पल्टिदा २४ जना घाइते भएका छन् । घाइते २४ विद्यार्थीमध्ये दुई जनालाई गम्भीर चोट लागेको छ ।
घाइतेहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेज र नमस्ते अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो । बस घुम्ती मोड्ने क्रममा सडकदेखि करिब ५० मिटर तल खसेको छ । बसका चालक भने अहिले फरार रहेको प्रहरीले बताएको छ ।
Discussion about this post