साउन १५, सोलुखुम्बु । जिल्ला अस्पताल सोलुखुम्बुबाट एक वर्षमा १ सय ६३ जना महिलाको प्रसूति गराइएको छ । जिल्ला अस्पताल सोलुखुम्बुले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमै आएर १ सय ६३ जना महिलाले प्रसूति गराएको देखिएको हो ।
प्रसूति गराउने मध्ये १ जना आमाको ज्यान गएको छ । पाठेघरको पानी फोक्सोमा पुग्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मातृमृत्युदर शून्यमा झर्न प्रयास गर्दागर्दै पनि विभिन्न कारण असफल हुने गरेको अस्पतालका डाक्टर प्रशान्त शाहको भनाई छ ।
यस्तै अस्पतालमा प्रसूति गराएका मध्ये १ सय ३० जना आमाहरूले सामान्य प्रसूति मार्फत बच्चा जन्माएका छन । अस्पतालका सूचना अधिकारी सानी शेर्पाका अनुसार अस्पताल आएर पनि १ सय ३० आमाहरूले सामान्य प्रसूति मार्फत बच्चालाई जन्म दिएका छन भने १५ जनाको शल्यक्रिया र १८ जनाको जटिल प्रकृतिको प्रसूति प्रक्रिया बाट बच्चा निकालिएको हो ।
गत वर्ष अस्पतालमा प्रसूति गराएका मध्ये २ जना शिशुको मृत्यु भएको छ । गत वर्ष जिल्ला भर ६ सय बढी महिलाहरूले अस्पतालमा गएर प्रसूति गराएका थिए ।
Discussion about this post