सोलुखुम्बु, बैशाख १० । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा आगलागीबाट २० रोपनी जङ्गल जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर १ कात्तिके स्थित कुर्लुङ सामुदायिक वनमा आगलागी हुँदा उक्त जङ्गल नजिकै रहेको खड्ग बहादुर कार्कीको निजी जङ्गलमा भएको करिव १ सय बोटविरुवा र खर आगोले खाइदिएको छ । आगलागीको खवर आउनासाथ नियन्त्रणका लागी प्रहरी चौकी नेलेबाट प्रहरी खटिएको थियो । सो आगलागी बाट मानवीय वा चौपाया क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेले बताउनुभयो । उहाँका अनुसार आगलागीले तत्काल गाउँ वस्ती भेट्ने जोखिम छैन ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post