सोलुखुम्बु, बैशाख १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडा बयक्ता गाउँ आगलागीको जोखिममा परेको छ । आज दिउँसो करिव १२ बजेबाट मैतुङको बनमा आगलागी सुरु भएपछि त्यस क्षेत्रका करिव ६ घर जोखिममा परेको हो ।
स्थानीय रमेश राईका अनुसार ४१ घर मध्ये वडा नम्बर ३ च्यास्मीटारका केही र बाहुनीडाँडाका गरि ६ घर डढेलोको उच्च जोखिममा परेका हुन । सो क्षेत्रको निजी जङ्गलमा लागेको डढेलो अहिले नियन्त्रण भन्दा बाहिर रहेको राईको भनाइ छ । आगलागी नियन्त्रणका लागी स्थानीय र प्रहरीले प्रयास गरिरहेको भएपनि स्थिति नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । रातिको समयमा आगलागी भएकाले प्हरीले कमसेकम कम क्षति हुने गरि सुरक्षा व्यवस्थापन गरिरहेको उहाँले बताउनुभएको छ ।

Discussion about this post