सोलुखुम्बु, बैशाख ११ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ देउपुजेमा आगलागीबाट ठुलो क्षति भएको छ । स्थानीय गाइखर्क सामुदायिक वनमा लागेको डढेलो नजिकैको गाउँ पस्दा देउपुजेका ५ घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय शक्ति राईको टिनको छानो, ढुङगा माटो र काठले बनेको दुई तल्ले घर, मकर राईको टिनको छानो,ढुङगा माटो र काठले बनेको १ तल्ले घर, करबिर राईको ढुङ्गाको छानो,ढुङ्गा माटोले बनेको दुई तल्ले घर र धनशेर राईको टिनको छानो, ढुङ्गा माटोले बनेको १ तल्ले घर सहित अन्य १ जनाको घर आगलागी भई पूर्ण रुपमा जली क्षति भएको बताइएको छ । अन्य ३ जनाको क्षति विवरण तत्काल खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिका घिमिरेले जानकारी दिनुभयो । सामुदायिक वनमा लागेको आगो वन नजिकै रहेको खरबारीमा सल्कीएपछि आगो गाउँ पसेको हो । अागलागी प्रहरी, सोलु दुधकुण्ड न.पा.को दमकल, शसस्त्र प्रहरी र स्थानीय गरी करीव ६० जनाकाे सहयाेगमा नियन्त्रणकाे प्रयास भइरहेकाे छ ।
Discussion about this post