साउन १८, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङको अगुवाईमा सशस्त्र प्रहरी बल आश्रित गूल्म सोलुखुम्बुले गुप्ताकालिका देवि मन्दिर परिसरमा सरसफाई गरेको छ । धार्मिक सम्पदाहरूको संरक्षण तथा परिसरको वातावरण सफा सुग्घर राख्ने उद्देश्यले मन्दिर सरसफाइ गरिएको सशस्त्र प्रहरी बल आश्रित गूल्म सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक गोविन्द पोखलले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक पोखरेलको नेतृत्वमा २५ जनाको टोली र उपमेयरको ११ जनाको टोलीले मन्दिर सरसफाई गरेको हो । निरन्तरको वर्षाले मन्दिर जाने खुड्किलामा पानी जम्नुको र झाडि देखिएकाले सरसफाई कार्य गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post