साउन २०, सोलुखुम्बु । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर अनुसार आज दिउँसो ४ बजेर ०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर ४ दशमवल १ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय यस्ता साना भूकम्प जाने क्रम जारी छ।
Discussion about this post