Friday, October 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा हवल्दार दासलाई अपहरण गर्ने ५ भारतीय नागरिकमाथि मुद्दा दर्ता

Radio Everest by Radio Everest
August 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सन्दिप नारायण दासलाई अपहरण गर्ने ५ जना भारतीय नागरिक माथि अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरिएको छ । सवारीसाधन चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई जबरजस्ती नियन्त्रणमा लिएर लैजाने क्रममा पक्राउ परेका पाँच जना भारतीय नागरिकलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत सिन्धुलीले आइतबार दोस्रोपटक म्याद थप गरिदिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार यही साउन १२ गते साँझ करिब ८ बजे कमलामाई नगरपालिका–४ हिरापानी चेक पोस्टमा खटिएका सहायक प्रहरी हवलदार सन्दीपनारायण दासलाई उनीहरुले जबरजस्ती गाडीभित्र हालेर भागेका थिए । उनीहरुलाई विपरीत दिशाबाट आएको सवारीको सहयोगमा प्रहरीले चेकपोस्टभन्दा ३०० मिटर अगाडिबाट तत्कालै पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा भारत बथनाहका दिलीप कुमार, सितामढी सुरखन्डका मुकेश कुमार, सोही ठेगानाका चालक आनन्द प्रकाश, सितामाढी नस्लपुरका रामानन्द प्रसाद र समस्तीपुरका अविनाश कुमार रहेका छन् । उनीहरुलाई साउन १३ गते अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि सात दिनको म्याद लिएको प्रहरीले आइतबार थप ७ दिन हिरासतमा राख्ने अनुमति पाएको हो । प्रमुख प्रहरी उपरीक्षक काफ्लेले उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्ने अनुसन्धान भइरहेको बताउनुभयो ।

बिआर–२२–एपी ७३२१ नम्बरको भारतीय गाडीमा आएका उनीहरु खोटाङको हलेसी महादेवको दर्शन गर्न जान लागेका थिए । ढुंग्रेबास प्रहरी चौकीबाट टोली खटिई नियमित मापसे चेकिङ गरिरहेको अवस्थामा ती भारतीय नागरिकहरुले सहायक प्रहरी हवलदार दासलाई गाडीको झ्यालबाटै भित्र जबरजस्ती तानेर ३०० मिटर अगाडिसम्म लगेका थिए । त्यसक्रममा सहायक प्रहरी हवलदार दास सामान्य घाइते भएको प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

Previous Post

धान खेतमा पुरुषको शव भेटियो

Next Post

 गैर दलितलाई सांसद बनाएपछि दलित सङ्घले गरायो काङ्ग्रेसको ध्यानाकर्षण 

Related Posts

खोटाङको दुबेकोलमा ट्रक दुर्घटना, चालक र सहचालक सकुशल

खोटाङको दुबेकोलमा ट्रक दुर्घटना, चालक र सहचालक सकुशल

October 17, 2025
0
थामे हिमबाढी अध्ययन : जलवायु परिवर्तनले बढायो खतरा

थामे हिमबाढी अध्ययन : जलवायु परिवर्तनले बढायो खतरा

October 17, 2025
0
ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

October 16, 2025
0
सेनाको पहलमा सञ्चारकर्मी अभिमुखीकरण सकियो, पत्रकारिता र सेनाबीच बढ्दो समन्वय

Discussion about this post

Everest Highlights

सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन

October 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङको दुबेकोलमा ट्रक दुर्घटना, चालक र सहचालक सकुशल

खोटाङको दुबेकोलमा ट्रक दुर्घटना, चालक र सहचालक सकुशल

October 17, 2025
थामे हिमबाढी अध्ययन : जलवायु परिवर्तनले बढायो खतरा

थामे हिमबाढी अध्ययन : जलवायु परिवर्तनले बढायो खतरा

October 17, 2025
ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

ताप्ली गाउँपालिकाद्वारा बजार अनुगमन सुरु, म्याद गुज्रिएका सामग्री बरामद

October 16, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly