साउन २२, सोलुखुम्बु । ऐतिहासिक पृष्ठभूमि बोकेकाे सिंहकाली मावि तिङ्लामा नेविसङ्घको इकाई समिति गठन गरिएको छ । आज नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष माेहन कृष्ण निरौलाको उपस्थितिमा माविमा १ सय ३ सदस्यीय इकाई समिति गठन गरिएको जनाइएको छ ।
विद्यालयका छात्र गौरव ढकालको अध्यक्षतामा उक्त इकाई समिति गठन गरिएको हो । २०३१ सालमा घटित टिम्बुरबोटे काण्डमामा पूर्व कप्तान यज्ञ बहादुर थापाको कमाण्डमा नेपाल विद्यार्थी सङ्घका केन्द्रिय उपाध्यक्ष राम उपाध्याय र नेपाल विद्यार्थी संघ मोरङ जिल्ला सचिव लक्ष्मण उपाध्यायले साहदत प्राप्त गरेको उक्त स्थानमा उत्साहपूर्ण सहभागिता जुटेको कावा अध्यक्ष निरौलाको भनाई छ ।
Discussion about this post