साउन २६, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सानो दूधकुण्ड मन्दिर सरसफाइ गरेको छ ।
सनेलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारिका प्रसाद घिमिरे नेतृत्वको टोलीले शनिवार विहान सदरमुकाम सल्लेरी नजिकै रहेको सानो दूधकुण्ड मन्दिर सरसफाइ गरेको हो । सम्मुखमा रहेको जनैपूर्णिमामा मन्दिरमा लाग्ने मेला लक्षित गरि मन्दिर सरसफाइ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
मन्दिर सरसफाइका लागी सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख तामाङ, प्रहरी प्रमुख घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङ, नगरपालिकाका वातावरण शाखा प्रमुख मुना खत्री, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी लगायत प्रहरी सहित ७० जनाको टोली पुगेको थियो । उक्त मन्दिरमा आगामी साउन ३२ गते देखी जनै पूर्णिमा लक्षित मेला लाग्दै छ ।
Discussion about this post