साउन २६, सोलुखुम्बु । नेपाल आदिवासी जनजाती महासंघ ताप्ली पुनर्गठन भएको छ । शुक्रबार ३ वर्षे कार्यकाल समाप्त भएसँगै अर्को ३ कार्यकालका लागी नयाँ कार्य समिति चयन भएको हो । यस अघिको समिति विघटन गरि लाल बहादुर स्माइलि मगरको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।
महासंघका निर्वतमान अध्यष फडिन्द्र राईको अध्यक्षतामा सम्पन्न बैठकले समितिको बरिष्ठ उपाध्यक्षमा विश्व प्रकास राईलाइृ चयन गरेको छ । यस्तै उपाध्यक्षमा अम्बीका कुमारी भुजेल, सचिवमा इन्द्र नारायण श्रेष्ठ, सह सचिवमा गङ्ग बहादुर तामाङ, कोषाध्यक्षमा जेनिशा सुनुवार चयन भएका छन् ।
यस्तै सदस्य हरुमा धनकुमारी पहरी र सन्त बहादुर माझी चयन भएकाछन् । यि बाहेक अन्य ५ सदस्यहरु नवनिर्वाचित समितिले मनोनयन गर्न सक्ने संवाददाता ठविनद्र मगरले बताउनुभयो । समिति गठनका लागी आदिवासी जनजाती महासंघका उदयपुर जिल्ला अध्यक्ष डिवि गुरुङको उपस्थीति रहेको थियो । उहाँले नवगठित समितिलाई दिँदै सपथ ग्रहण गर्नुभएको जनाइएको छ ।
Discussion about this post