Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मेरापिक दूधकोशी दिगो विकास कोषले मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्न वनमन्त्रीलाई ध्यानाकर्षण

Radio Everest by Radio Everest
August 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २६, साेलुखुम्बु ।   मेरापिक दूधकोशी दिगो विकास कोषले मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्न वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको ध्यानाकर्षण गराएको छ । कोषका अध्यक्ष उत्तमकुमार बस्नेतको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले शुक्रबार मन्त्री शाहीलाई मन्त्रालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोलुखुम्बुको महाकुलुङ, माप्य दूधकोशी र सोताङ गाउँपालिकाको वन क्षेत्रलाई समेटेर छुट्टै मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्न स्थानीयबासीले माग गर्दै आएका छन् । स्थानीयवासीको मागका आधारमा हाल मकालुबरुण राष्ट्रिय निकुन्जको सोलुखुम्बु जिल्लातर्फका क्षेत्रमा अन्य केही वन क्षेत्र थप गरी मेरापिक राष्ट्रिय निकुन्ज घोषणाको लागि तयारी गरिएको थियो ।

२०७८ असोज १७ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १ का सचिव, प्रदेश वन निर्देशक लगायतका जनप्रतिनिधि एवं पदाधिकारीहरूको को बैठक बसी ‘मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र लगायतका पश्चिमी क्षेत्र समेतलाई विस्तार गरी घोषणा गर्न माग भएको मेरापिक राष्ट्रिय निकुञ्जको सिमाना, वस्तुगत अवस्था, व्यवस्थापन पद्धति र संस्थागत संरचनालगायतका विषय यकिन गरी प्रतिवेदन/प्रस्ताव तयार गर्ने र सो नयाँ राष्ट्रिय निकुञ्जको घोषणा कार्यको सहजीकरण गरी कार्यसूची सहितको सल्लाहकार समिति, संयोजन समिति र स्थलगत अध्ययन कार्यदल गठन गर्न वन तथा वातावरण मन्त्रालय समक्ष अनुरोध गर्ने’ निणर्य गरेको थियो ।

सोही आधारमा निणर्यका आधारमा विभिन्न चरणमा निकुन्ज घोषणाका सन्दर्भमा अध्ययन गरी प्रतिवेदन तयार पारिसकिएको छ । कानूनी हिसाबले कुनै व्यवधान नरहेको, मेरापिक राष्ट्रिय निकुन्ज घोषणाका लागि विभिन्न सरकारी निकायबाट अध्ययन गर्दा उक्त निकुन्ज घोषणाका लागि उपयुक्त हुने देखिएको कोषका अध्यक्ष बस्नेतले बताउनु भयाे  । उहाँले अब निकुन्ज घोषणामा ढिलाइ नगर्न माग गर्दै मन्त्री शाहीसमक्ष आवश्यक निणर्य गराई तत्काल मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्न माग गर्नु भयाे  ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री शाहीले आफू मेरापिक राष्ट्रिय निकुन्ज घोषणाका लागि सरकारी निकायबाट गरिएको कार्यप्रगतिबारे जानकार रहेको भनाइ राख्नु भयाे । उहाँले आफ्नो कार्यकालमा मेरापिक राष्ट्रिय निकुन्ज घोषणा गर्ने प्रतिबद्धता जनाउनु भयाे ।

संखुवासभा र सोलुखुम्बु जिल्लालाई समेटेर वि.सं. २०४८ सालमा मकालु बरुण राष्ट्रिय निकुञ्जको घोषणा गरिएको थियो । वि.सं. २०५५ सालमा स्थानीय जनताको वन पैदावर संरक्षण तथा सहज उपभोगको निमित्त राष्ट्रिय निकुञ्ज वरपरको क्षेत्रलाई समेटी मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो । मकालु बरुण राष्ट्रिय निकुञ्जमा संखुवासभा जिल्लाका भोटखोला, मकालु र सिलिचोङ गरी जम्मा ३ वटा गाउँपालिका र सोलुखुम्बु जिल्लाको महाकुङ गाउँपालिका गरी जम्मा २३३० वर्गकिलोमिटर भूभाग मध्ये १५०० वर्गकिलोमिटर राष्ट्रिय निकुञ्ज र ८३० वर्गकिलोमिटर मध्यवर्ती क्षेत्रको रुपमा समेटिएको छ ।

महाकुलुङ गाउँपालिकातर्फ मकालु बरुण राष्ट्रिय निकुञ्जको बुङ र मेरापिक गरी २ वटा सेक्टर कार्यालय र छेस्काम रेञ्जपोष्ट रहेको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज संखुवासभा र सोलुखुम्बु गरी २ जिल्ला समेटिएर सञ्चालन भइरहेको सन्दर्भमा २ जिल्ला बीचको अग्लो हिमाल, विकट र दुर्गम स्थान भएकाले बुङ सेक्टरबाट मकालु बरुण राष्ट्रिय निकुञ्जको प्रधान कार्यालय संखुवासभा जिल्लाको हेदाङमा पुग्न असहज मात्र नभई हिँड्ने बाटो समेत राम्रो नभएकाले करिब १ हप्ता लाग्ने गरेको छ ।

सोही कारण निकुञ्जबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन सगरमाथा राष्ट्रिय निकुञ्जले समेट्न नसकेको खुम्बुपासाङल्हमू गाउँपालिकाको तल्लो क्षेत्र अर्थात् साविकको जुभिङ र वाकु गाउँविकास समितिो केही क्षेत्र तथा मकालु बरुण राष्ट्रिय निकुञ्जको सोलुखुम्बु जिल्लाको केही भाग समेटेर अलग्गै मेरापिक राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र घोषणा गरी व्यवस्थापन गर्ने स्थानीयवासीले माग गर्दै आएका थिए ।

Previous Post

आदिवासी जनजाती महासंघ ताप्लीको नयाँ कार्य समिति गठन, अध्यक्षमा मगर चयन

Next Post

अखिल (क्रान्तिकारी ) सोलुखुम्बु काठमाडौं सम्पर्क समन्वय समितिको भेला सम्पन्न

Related Posts

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

September 25, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026
0
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

Discussion about this post

Everest Highlights

Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

भारी वर्षापछि सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा, स्थानान्तरणको तयारी

September 25, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

September 25, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly