भदौ २२, सोलुखुम्बु । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख नेत्र घिमिरे सम्मानित हुनुभएको छ । निजामती सेवा दिवस २०८२ को अवसरमा उहाँलाई जिल्लामा रहेर सेवा प्रवाह गरेकोमा सम्मानित गरिएको हो ।
लामो समय देखी निर्वाचन कार्यालयमा रहेर सेवा प्रदान गर्नुभएका घिमिरेको सेवाको उच्च सम्मान सहित सम्मानित गरिएको जनाइएको छ । उहाँलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला केसीले सम्मानपत्र सहित सम्मानित गर्नुभएको हो ।
दिवसका अवसरमा प्रमुख घिमिरे सहित अन्य २ जना सेवा निवृत्त कर्मचारी समेत सम्मानित भएका छन् । सेवा अवधि पुरा गरि निवृत्त भएका जिल्ला कारागार कार्यालयका बुद्धि बस्नेत र मालपोत कार्यालयका थिर बहादुर श्रेष्ठलाई सम्मानित गरिएको जनाइएको छ । दिवसमा अवसरमा बिहान प्रभातफेरी गरि सीडीओ कार्यालय पुगेर अाैपचारीक सम्पन्न गरिएको थियो ।
Discussion about this post