साउन २७, सोलुखुम्बु । भरुवा बन्दुकसहित झापामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र सोही ठाउँका २१ वर्षीय निखिल तामाङ छन् ।
यो समूहले गत शुक्रबार राति १० बजेतिर अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरेको आरोप छ । चोरी पछि फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले शनिबार राति साढे १० बजे पक्राउ गरेको हो ।
Discussion about this post