साउन २८, सोलुखुम्बु । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन् । आइतबार साँझ विषालु च्याउ खाँदा रेसुंगा नगरपालिका–८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार बिरामी परेका हुन् । आइतबार बेलुका रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राती बिरामी परेका थिए ।
च्याउ खाएर बिरामी पर्नेमा ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा रहेका छन् । प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
Discussion about this post