साउन २८, सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीका पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै नेता शेर्पाले नेपाली कांग्रेस र नेकपा एमाले छुट्टाछुट्टै घोषणा–पत्रमा चुनाव लडेको पार्टी भएकाले दुई दल मिलेर बनेको सरकारले न्यूनतम साझा कार्यक्रम जनता माझ ल्याउनुपर्नेमा जोड दिनुभएकोे हो ।
कांग्रेस र एमालेको कति कार्यक्रम तथा एजेण्डाहरु मिल्छ तिनीहरु बारे जनतालाई स्पष्टपार्नुपर्ने नेता शेर्पाले जोडदार माग गर्नुभयो । यस्तै संविधान संशोधनको सवाल पेचिलो बनिरहेकाले संविधान संशोधन गर्दा लोकतन्त्र, संघीयता र समावेशीतालाई असर पर्न नहुने उहाँले बताउनुभयो ।
Discussion about this post